नेपाल पत्रकार महासंघमा नेपाल प्रेस युनियनले धर्ना दिएको छ । नेपाल पत्रकार महासंघले आफ्नै संरचना शाखा तथा प्रदेश समितिले सिफारिस गरेको सदस्यको नामावलीमा आफू खसी काट्ने थप्ने काम गरी मतदाता नामावली प्रकाशन गरेको विरोधमा नेपाल प्रेस युनियन देशव्यापी आन्दोलनमा उत्रिएको हो ।
यसै क्रममा नेपाल प्रेस युनियन रुपन्देही र लुम्बिनी प्रदेश समितिले पनि नेपाल पत्रकार महासंघ रुपन्देहीमा बिहान १ घण्टा धर्ना दिएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको नेतृत्वमा भएको धर्ना कार्यक्रममा केन्द्रीय सदस्य तथा निवर्तनमा जिल्ला अध्यक्ष रेखा भुसाल, प्रदेश समितिका सचिव कल्पना डुम्रे, कोषाध्यक्ष सिपि खनाल सहित प्रदेश तथा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको प्रेस युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो ।
धर्ना कार्यक्रमको समापन गर्दै युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले सदस्यता सुद्धिकरण तथा नयाँ सदस्यता वितरणमा युनियनले हदैसम्मको लचकता अपनाएको बताउँदै आफूहरुको धैर्यतालाई कमजोरीको रुपमा नलिन चेतावनी दिनुभयो ।
आफूहरुको माग सुनुवाई नहुँदा सम्म आन्दोलन जारी रहने जानकारी गराउँदै आन्दोलनका कार्यक्रममा सहभागि हुनको लागि पनि सदस्यहरुलाई आग्रह गर्नुभयो ।
