नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न आग्रह गरेकाे छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार विहान बसेकाे पार्टीकाे कार्यसम्पादन समितिकाे बैठकले नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गर्दै प्रधानमन्त्री प्रचण्डलालाई राजीनामा गर्न माग गर्ने निर्णय गरेकाे हाे ।
कांग्रेस र एमालेले प्रचण्डलाई हटाएर नयाँ सरकार बनाउने समझदारी असार १७ गते गरेका थिए । त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो ।
यश अगाडि एमालेले पनि प्रधानमन्त्रीलाई राजीनामा गरेर नयाँ सरकारकाे लागि मार्ग प्रसस्त गर्न माग गरिसकेकाे छ ।