एमालेका मन्त्रीले दिए सामुहिक राजीनामा

1.3K

एमालेका मन्त्रीले दिए सामुहिक राजीनामा

नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक राजीनामा बुझाएका छन् । एमालेका मन्त्रीहरुले बुधबार साँझ प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन ।
एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बाेकेर बालुवाटार पुगेका थिए । सरकारमा काँग्रेस एमाले समिकरण बनेपछि दुबै दलले प्रधानमन्त्रीकाे राजिनामा मागेपनि राजीनामा नदिने बरु संसदमा विस्वासकाे मतकाे सामना गर्ने प्रधानमन्त्री प्रचण्डकाे अडानका कारण एमाले मन्त्रीहरुले राजीनामा गरेका हुन् ।