काँग्रेससंग सत्ता समिकरण बनाएर सरकारबाट बाहिरिएको एमालेले सरकार अल्पमतमा परिसकेकाले दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो विज्ञप्ति जारी गरेर सरकारको प्रमुख घटक एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेकाले दीर्घकालिन महत्वको निर्णय नगर्न आग्रह गर्नुभएको हो ।
काँग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको एमालेले विज्ञप्तीमा उल्लेख गरिएको छ । काँग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि बुधबार एमालेले सरकारलाई दिएको समर्थत फिर्ता लिनुको साथै एमालेबाट बनेका आठै जना मन्त्रीले राजीनामा गरिसकेका छन् ।