प्रचण्डको अस्थिर चरित्रका कारण काँग्रेस–एमाले गठबन्धन : महामन्त्री थापा

1.3K

प्रचण्डको अस्थिर चरित्रका कारण काँग्रेस–एमाले गठबन्धन : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले माआवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण काँग्रेस–एमाले गठबन्धन बनेको बताउनु भएको छ ।
बिहिबार विराटनगरमा पत्रकारहरुसंग कुरा गर्दै महामन्त्री थापाले अहिलेको राजनीतिक घटनाक्रम हुनुमा प्रधानमन्त्री प्रचण्ड नै मुख्य जिम्मेवार रहेको बताउनु भयो । उहाँले प्रचण्ड सरकार अल्पमतमा परिसकेकाले छिटो भन्दा छिटो मार्गप्रसस्त गर्न पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीसँग मार्ग प्रशस्त गर्ने वा विश्वासको मत लिने दुई विकल्प भएको बताउदै उनले आफुहरुले केहि दिन कुर्ने पनि बताउनु भयो ।