नेकपा (एकीकृत समाजवादी)मा सर्वसम्मत नेतृत्व चयन गरिएकाे छ । काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको हाे ।
उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गर्नुभएकाे थियाे । महाधिवेशन हलले सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो।
बिहीबार अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसहमतिमै टुंगो लगाएको एकीकृत समाजवादीले शुक्रबारसम्म थप पदाधिकारी र केन्द्रीय सदस्य पनि सहमतिबाटै टुंगो लगाउने जनाएकाे छ ।
एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय छ ।