लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिएकाे छ । बिहिबार लुम्बिनी प्रदेश सरकारमा एमालेबाट बनेका पाचै जना मन्त्रीले मुख्यमन्त्री जाेखबहादुर महरालाई सामुहिक राजीनामा बुझाएका हुन् । संगै एमालेले सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिएकाे छ ।
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसी थिए ।
एमाले संसदीय दलका नेता लिला गिरीका अनुसार पार्टीबाट बनेका मन्त्रीहरुले राजीनामा दिएकाे र समर्थन फिर्ता लिएकाे प्रदेश प्रमुख र सभामुखको सचिवालयमा समेत गराइसकेकाे छ । एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ ।