आईतबारसम्म मनसुनी प्रणाली थप सक्रिय : लुम्बिनी सहित ४ प्रदेशमा धेरै भारी वर्षा हुने

1.3K

आईतबारसम्म मनसुनी प्रणाली थप सक्रिय : लुम्बिनी सहित ४ प्रदेशमा धेरै भारी वर्षा हुने

विगत केही दिनदेखि नेलालकाे दक्षिणी आसपासमा रहेकाे मनसुन न्यूनचापीय रेखा अझै केही दिन रहने भएकाले मनसुन अझै सक्रिय हुने देखिएकाे छ । 
माैषम पुर्वानुमान महाशाखाले बिहिबार साँझ विशेष बुलेटिन जारी गरी त्यसका कारण मनसुनी प्रणाली थप सक्रिय हुने जानकारी गराएकाे हाे ।
महाशाखाले गत १६ गतेदेखि सक्रिय भएकाे मनसुनी प्रणाली २३ गते आईतबारसम्म अझै बढी सक्रिय रहने जानकारी गराउँदै सतर्कता अपनाउन आग्रह गरेकाे छ ।
आज शुक्रबार देखि २३ गते आईतबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी, मधेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
यश अवधिमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव, शहरी तथा तराईका क्षेत्रमा डुवानको जोखिम रहनुका साथै नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।