देशमा मनसुन सक्रिय भएसंगै लुम्बिनी प्रदेशका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा देखिएका छन् । १२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेशका बाँकी तीन जिल्ला पनि मध्यम जोखिममा रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशमा ६ वटा तराई र ६ वटा पहाडी जिल्ला रहेका छन् । जसमा पाल्ला, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र पुवी रुकुम ६ वटा पहाडी जिल्ला सबै उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै तराईका रुपन्देही, पश्चिम नवलपरासी र कपिलबस्तु उच्च जोखिममा छन् । बाँकी दाङ, बाँके र बर्दीया पनि मध्येम जोखिममा रहेको महाशाखाले जनाएको छ ।
विगत केही दिनदेखि नेलालको दक्षिणी आसपासमा रहेको मनसुन न्यूनचापीय रेखा अझै केही दिन रहने भएकाले २३ गते आईतबारसम्म मनसुनी प्रणाली थप सक्रिय हुने महाशाखाले बिहिबार विशेष बुलेटिन जारी गरेर जानकारी गराएको थियो । यस अवधिमा लुम्बिनीमा पनि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।