लुम्बिनी प्रदेश सभाको पूर्वनिर्धारित बैठक अनिश्चितकाललागि स्थगित

1.3K

लुम्बिनी प्रदेश सभाको पूर्वनिर्धारित बैठक अनिश्चितकाललागि स्थगित

लुम्बिनी प्रदेश सभाको पूर्वनिर्धारित बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । २३ गते आईतबारका लागि बोलाईएको प्रदेश सभाको बैठक शुक्रबार नै सूचना टासेर स्थगित गरिएको हो ।
लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले शुक्रबार अपरान्ह एक सुचना जारी गरी अर्को सुचजा जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनु भएको छ ।
यहि असार २३ गते आईतबार दिनको १ बजे बोलाईएको प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठक सभामुखको निर्देशन अनुसार अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।
केन्द्रमा काँग्रेस एमाले बिचमा सत्ता समिकरण बनेपछि लुम्बिनी प्रदेशमा पनि एमाले सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । संगै एमालेले नयाँ सरकार गठनको लागि पहल गरेको छ ।