बुटवल उपमहानगरपालिका वडा नं. ९ सत्यसाई भैरव टोल विकास संस्थाले बुटवलको गौशालामा गौ आहार हस्तान्तरण गरेको छ । संस्थाले आईतबार गौशालामा गौ आहार हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष राजु पौडेलले जानकारी गराउनु भयो ।
संस्थाले गौ आहार गहुँ, चामलको पिठो, मकै आटा तथा हेरालुका लागि चिनी, चिया, आटा लगायत खाद्यान्न प्रदान गरिएको उहाँले जानकारी गराउनु भयो । संस्थाका अध्यक्ष राजु पौडेलको नेतृत्वमा सल्लाहकार तथा पदाधिकारीहरुको टोली गौशालामा पुगेर उक्त समाग्रि हस्तान्तरण गरिएको सचिव रमेश श्रेष्ठले जानकारी गराउनु भयो ।