रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले रोट्रयाक्ट डिष्ट्रिकको डिआरआरमा निर्वाचित विक्रम क्षेत्रीलाई सम्मान गरेको छ । शनिबार बिहान बुटवलमा बसेको क्लवको नियमित बैठकमा रोट्रयाक्ट डिआरआर क्षेत्रीलाई सम्मान गरिएको हो ।
रोट्रयाक्ट डिआरआरमा निर्वाचित क्षेत्री रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको भगिनी क्लव रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँलाई क्लवका अध्यक्ष देवीराम पाण्डे, निवर्तमान अध्यक्ष निरज श्रेष्ठ, पूर्व अध्यक्ष विष्णुप्रसाद चापागाई लगायत क्लवका पदाधिकारीहरुले सम्मान पत्र प्रदान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष पाण्डेले भगिनी क्लवका पूर्व अध्यक्ष रोट्रयाक्ट डिआरआर निर्वाचित हुदा मातृ क्लवको पनि गरिमा बढेको बताउनु भयो । उहाँले डिआरआर क्षेत्रीको क्लवमा पनि साथ सहयोगको आशा र भरोसा पनि व्यक्त गर्नुभयो ।
त्यस्तै डिआरआर क्षेत्रीले मातृ क्लवले देखाएको मार्गदर्शन र सहयोगका कारण डिआरआर पदमा पुग्न सफल भएको बताउँदै रोट्रयाक्ट रोटरीको जग भएकाले रोटरीलाई मजबुद बनाउन भगिनी रोट्रयाक्टलाई मजबुद बनाउन सुझाव दिनुभयो ।