एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दावी पेस गर्न आह्वान गर्नुभएको छ ।
विश्वासको मत लिने तयारी गर्नुभएका मुख्यमन्त्री महराले आईतबार बसेको प्रदेश सभा बैठकमा राजीनामा घोषणा गर्नुभएको थियो भने आईतबार नै साँझ प्रदेश प्रमुख शेरचनलाई राजीनामा बुझाउनु भएको थियो ।
लगत्तै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम सोमबार साँझ साढे ६ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।