लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दावी पेस गर्नुभएकाे छ । उहाँले नेपाली काँग्रेसकाे समर्थनमा प्रदेशकाे मुख्यमन्त्रीमा दावी पेस गर्नुभएकाे हाे ।
मुख्यमन्त्री जाेखबहादुर महराले आईतबार पदबाट राजीनामा गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले साेमबार (आज) साँझसम्मकाे समय दिएर संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थमा दाबी पेश गर्न आह्वान गर्नुभएको हाे ।
काँग्रेस-एमाले बिचमा भएकाे केन्द्रीय सहमति अनुसार लुम्बिनीमा एमाले नेतृत्वमा सरकार बनाउन लागिएकाे हाे । एमाले उपनेता आचार्यले एमाले २९ र काँग्रेसका २७ गरि ५६ सांसदकाे समर्थनमा मुख्यमन्त्रीमा दावी गर्नुभएकाे हाे । एमालेले दलका उपनेतालाई मुख्यमन्त्रीमा अगाडि बढाएपछि दलका नेता लिला गिरीले असन्तुष्टि व्यक्त गर्नुभएकाे छ ।