लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले ९ सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले एमालेबाट मुख्यमन्त्री सहित ५ र काँग्रेसबाट ४ जना गरी ९ सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएको हो ।
आचार्य नेतृत्वको मन्त्री परिषदमा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु र सीता शर्मा तथा नेपाली काँग्रेसबाट बादशाह कुर्मी, धनेन्द्र कार्की, सरोज थापा (रोज राणा) र प्रचण्ड विक्रम न्यौपाने मन्त्री नियुक्त हुनु भएको छ । उहाँहरुलाई बुधबार नै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।