त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेकाे हाे ।
दुर्घटनास्थबाट १५ जनाको शव निकालिएकाे प्रहरीले जनाएकाे छ । त्यस्तै विमानका चालक एम आर शाक्य सहित ४ जनाको उद्धार गरिएको छ । शाक्यको केएमसी अस्पताल सिनामंगलमा र अन्य ३ जनाकाे टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।