विद्युत व्यापारमा नेपाल : एकै वर्षमा १६ अर्व ९३ करोडको भारततर्फ निर्यात

1.3K

विद्युत व्यापारमा नेपाल : एकै वर्षमा १६ अर्व ९३ करोडको भारततर्फ निर्यात

नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०।८१ मा नेपालले १६ अर्व ९३ करोड रुपैंयाको विद्युत निर्यात गरेको छ । प्राधिकरणका अनुसार नेपालले उक्त मुल्यको विद्युत भारततर्फ निर्यात गरेको हो ।
त्यस्तै सोही आर्थिक वर्षमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत आयात गरिएको छ । आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल खुद निर्यातकर्ता बन्न सफल भएको छ । गत आर्थिक वर्षमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत भारततर्फ निर्यात भएको छ ।
नेपालले गएको आर्थिक वर्षमा १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरेको हो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौता बमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री प्राधिकरणले निर्यात गरेको हो । निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा छ ।
शुख्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घट्ने हुँदा विद्युत उत्पादन पनि घट्छ । त्यसवेला माग धान्न गएको आर्थिक वर्षमा भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । हिउँदयाममा आयात गरिएको विद्युतको औसत दर प्रति युनिट ९ रुपैयाँ १७ पैसा छ ।