भोली मंगलबार र पर्सी बुधबार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासंगै लुम्बिनी प्रदेशका दश जिल्ला बाढी पहिरोको उच्च जोखिममा देखिएका छन् । मौषम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका कपिलबस्तु, रुपन्देही, पाल्पा, गुल्मी नवलपरासी पश्चिम, दाङ, बाँके, वर्दिया, प्युठान र अर्घाखाँची जिल्ला बाढी पहिरोको उच्च जोखिमा देखिएका हुन् ।
प्रदेशका १२ जिल्ला मध्ये बाँकी दुईवटा पहाडि जिल्ला रुकुम पूर्व र रोल्पा पनि मध्येम जोखिममा देखिएका छन् ।
मौषम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै भोली मंगलबार र पर्सी बुधबार नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कताको लागि गरेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।