दश दिन ढिला गरि बाहिरियाे मनसुन

1.3K

दश दिन ढिला गरि बाहिरियाे मनसुन

याे वर्षकाे मनसुन बाहिरिएकाे छ । याे वर्ष सरदर भन्दा १० दिन ढिला गरी शनिबार बाहिरिएकाे हाे ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टाेवर २ हाे । याे वर्ष नेपालबाट सरदर मिति भन्दा १० दिन ढिला गरि अक्टाेवर १२ (असाेज २६) मा नेपालका सबै भू-भागबाट बाहिरिएकाे माैषम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार शनिबार बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशबाट मनसुन बहिर्गमन भएको छ । त्यस्तै असोज २२ मा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै काठमाण्डौ उपत्यका लगायत बागमती प्रदेशको पश्चिमी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिसकेको थियाे ।
त्यसअघि नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट याे वर्षकाे मनसुन बाहिरिएकाे थियाे ।
नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यसवर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको थियो ।