कर्मचारी युनियन मदानेको अध्यक्षमा डिल्लीराज भट्टराई निर्वाचित हुनु भएको छ । गुल्मीको मदाने गाउँपालिकामा सम्पन्न युनियनको दोस्रो अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा तिर्थ पन्थी, समावेशी उपाध्यक्षमा नन्दकुमार थापा, सचिवमा बसन्त कुवँर, सहसचिवमा सुशिल घिमिरे र कोषाध्यक्षमा लालबहादुर घर्तीलाई चयन गरिएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा समिक्षा भण्डारी, मनिषकुमार बुढाथोकी, कुलबहादुर घर्ती, बिष्णु चन्द, खिमा जिसी, बिरेन्द्र खडायत, निर्मला ओली, तिर्थराज पन्थी, शिवहरी पन्थी, सुरजकुमार दास, लालबहादुर कुँवर, बाबुराम पन्थी र शिवहरी गौतमलाई चयन गरिएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस मदाने गाँउपालिकाका सभापति तथा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले पालिकाको विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण रहने बताउँदै त्यसमा दायित्व बोध गरेर काम गर्न आग्रह गर्नुभयो ।
त्यसअवसरमा आधिकारिक टे«ड युनियन गुल्मीका अध्यक्ष खिमबहादुर अधिकारी, युनियनका जिल्ला अध्यक्ष मेघलाल पाण्डे, डिबि कार्की, कमल पाण्डे लगायतले भनाई राख्नुभएको थियो । त्यसैगरी नवनिर्वाचित अध्यक्ष भट्टराईले समितीले कर्मचारीको हक हितका पक्षमा काम गर्ने बताउँदै कर्मचारीलाई पनि कर्मचारी प्रशासनको अनुशासन मर्यादा भित्र रहेर काम गर्न आग्रह गर्नुभयो ।