तिलोत्तमा १३ मा ४३० जनालाई जग्गाधनी पुर्जा

1.3K

तिलोत्तमा १३ मा ४३० जनालाई जग्गाधनी पुर्जा

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा ४३० जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमका विच उनीहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
त्यस अवसरमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले यो सुरुवात भएको बताउँदै छुट भएका जग्गाधनीले कार्यालयमा सम्पर्क गरी जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रकृया थाल्न सक्ने जानकारी गराउनु भयो ।
कार्यक्रममा नगर प्रमुख खाँण, उपप्रमुख जगेश्वरीदेबी चौधरी, नापी कार्यालय प्रमुख सुग्रिव यादव, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वडा नं. १३ का अध्यक्ष नारायण ढकाल, नापी अधिकृत सन्दिप ढकाल लगायतले जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्नुभएको थियो ।