बुटवलमा रोयल इन्फिल्ड क्लासिक ३५० ‘सिङ्गल्स एडिसन बाईक’ लन्च

1.3K

बुटवलमा रोयल इन्फिल्ड क्लासिक ३५० ‘सिङ्गल्स एडिसन बाईक’ लन्च

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिको बुटवलको आधिकारिक डिलर गैरे प्रतिष्ठान  प्रालिले क्लासिक ३५० सिङ्गल्स एडिसन बाईक बजारमा ल्याएको छ । बुटवलको कालिकानगरमा गैरे प्रतिष्ठान प्रालिका अध्यक्ष प्रेमराज गैरे र सञ्चालक लक्ष्मी गैरेले संयुक्त रुपमा उक्त बाईकको बिक्री शुभारम्भ गर्नुभएकाे हाे । ३५० सीसी इन्जिनको यो मोटरसाइकल रोयल इन्फिल्डको पोस्ट वार जी टु  मोडेलको रुपमा लिइन्छ । यो मोटर साईकल सिङ्गल्स एडिसन डेजर्ट स्ट्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुने सञ्चालक सदस्य प्रवेशराज गैरेले बताउनुभयाे । यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, साथै बलियो टर्क र अझ भरपर्दो सवारी अनुभव प्रदान गर्नुका साथै फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन सिट प्याडिडले शहरभित्र र लामो यात्रामा यात्रुलाई आरामदायी हुने पनि गैरेले बताउनु भयाे । नयाँ एगोंनोमिक्स, ग्रिप्स, रोटरी सिच, इन्फो स्थिच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर उपलब्ध भएको उक्त मोटर साईकलको बजार मुल्य ५ लाख ५५ हजार ६ सय रुपैया रहेको बरिष्ठ प्रबन्धक धुर्व सापकोटाले जानकारी गराउनु भयाे । बाइकमा अगाडि रहेको ३ सय एमएम डिस्क ब्रेक सँग ट्वीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडी रहेको २७० एमएम डिस्क ब्रेकसँग सिङ्गल पिस्टन फ्लोटिङ्ग क्यलिपर रहेको सापकोटाले बताउनु भयाे । गैरे प्रतिष्ठानले रोयल इनफिल्ड हण्टर ३५०, रोयल इनफिल्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल र रोयल इनफिल्ड मेटेओर बाइक बिक्रिवितरण गर्दै आएकाे छ ।