बुटवलको भ्यू सिनेमा अव ‘फ्रेन्डस सिनेमा’ : शुक्रबारदेखि सञ्चालनमा आउने

1.3K

बुटवलको भ्यू सिनेमा अव ‘फ्रेन्डस सिनेमा’ : शुक्रबारदेखि सञ्चालनमा आउने

बुटवलको भ्यू सिनेमा नयाँ व्यवस्थापन सहित फ्रेण्डस सिनेमामा रुपान्तरण भएको छ । लामो समयदेखि बन्द रहेको यो सिनेमा हल पुनः शुक्रबार (भोली)देखि सञ्चालनमा आउने फ्रेन्डस सिनेमाका सञ्चालक पुस्कर घिमिरेले जानकारी गराउनु भयो ।
फ्रेन्डस सिने हलमा सञ्चालनको पूर्व शन्ध्यामा विहिबार सिनेमा हलमा पत्रकार सम्मेलन गरी नयाँ व्यवस्थापन सहित सञ्चालन गर्न लागिएको जानकारी गराईएको हो । बुटवलको सिंह कम्प्लेक्समा १२२ सिट क्षेमताको यो सिनेमा हलमा पहिलो सो ‘पूर्णबहादुरको सारंगी’बाट सुरुगर्न लागिएको पनि उहाँले जानकारी गराउनु भयो ।
सिनेमा हल सञ्चालनको सुरुवातीमा प्रति टिकट १५० रुपैंया शुल्क निर्धारण गरिएको छ । यसलाई आवश्यकता अनुसार थप व्यवस्थित गरेर अगाडि बढ्ने बताउँदै त्यसका लागि सुझाव सल्लाह दिनको लागि पनि सञ्चालक घिमिरेले आग्रह गर्नुभयो ।