लायन्स शान्तिदीपद्वारा मानव सेवा आश्रममा खाना

1.3K

लायन्स शान्तिदीपद्वारा मानव सेवा आश्रममा खाना

लायन्स क्लव अफ बुटवल शान्तिदीपले बुटवलको सुख्खानगरमा रहेको मानव सेवा आश्रममा आश्रीतलाई खाना खुवाएको छ । क्लवका सदस्य माधवराज गैरेको जन्मदिनको अवसर पारेर क्लवले आईतबार एक कार्यक्रमका बिच मानव सेवा आश्रममा आश्रीतलाई खाना खुवाईएको क्लवका अधयक्ष विशाल पन्थीले जानकारी गराउनु भयो ।
गत बर्षदेखि आफ्नो जन्मदिनमा अरु शिर्षकमा हुने खर्चलाई बचाएर कलवका सदस्यहरुले क्लब मार्फत मानव सेवामा आश्रीतलाई सहयोग गर्दै आएका छन् । सात प्रदेशका १९ जिल्लामा बिस्तार भएको मानव सेवा आश्रमका २४ वटा शाखा रहेको आश्रमकी सहसंयोजक रिना थापाले बताउनु भयो ।
कार्यक्रममा लायन्स डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्नले शान्तिदीपको उक्त कार्यको सराहाना गर्दै लायन्स क्लवका सदस्यहरुले यस प्रकारको खर्चलाई सेवामा लगाउने हो भने थुप्रै अशक्त र अनाथहरुले राहत पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रथम भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, दोस्रो भाईस डिष्ट्रिक गभर्नर सन्दिप कशौधन अतिथीहरुमा डिष्ट्रिक सेक्रेटरी लायन्स माधव खनाल, क्ललका संस्थापक अध्यक्ष तथा रिजन चेयर बाबुराम खनाल लगायतको उपस्थिती रहेको थियो ।