बुटवलको वेलवासमा स्व. कृष्णप्रसाद भट्टराई स्मृति भवन शिलान्यास

1.3K

बुटवलको वेलवासमा स्व. कृष्णप्रसाद भट्टराई स्मृति भवन शिलान्यास

बुटवल उपमहानगरपालिका वडा नं-१३ बेलबासमा
स्व सन्त नेता कृष्णप्रसाद भट्टराई सम्मृति प्रतिष्ठानकाे भवन शिलान्यास भएको छ । भवनको आइतबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शिलान्यास गर्नुभयाे ।
साे अवसरमा नगर प्रमुख पाण्डेयले नेपालकाे प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण याेगदान पुर्‍याएका नेताहरूकाे सम्मान स्वरूप उनिहरूकाे नाममा प्रतिष्ठान गठन गरी पार्क र शालिक निर्माण गर्ने कार्यलाई बुटवल उपमहानगरपालिकाकाे योजना अनुसार सन्त नेता स्व कृष्णप्रसाद भट्टराईकाे स्मृतिमा  भवन निर्माणका लागि केही रकम छुट्याइएको बताउनुभयाे ।
नेपाली कांग्रेस पुर्व सभापति तथा पुर्व प्रधानमन्त्री भट्टराईकाे जिवन सरल,सादगी र ब्यवहारीक रहेको भन्दै नगर प्रमुख पाण्डेयले  किशुनजीकाे स्मृतिमा बन्ने भवनको शिलान्यास गर्न पाउदा आफुलाई गर्व महसुस भएको बताउनुभयाे ।
सन्त नेता किशुनजीसँग केही बर्ष आफ्नो नियमित भेटघाट भएको स्मरण गर्दै उनलेे किशुनजी बाट आर्थिक पारदर्शिता, सरल र सादा जिवनकाे प्रेरणा मिलाेस भन्ने काममा गर्नुभयाे । उहाँलेे भवनलाई किशुनजीसहित नेपालकाे प्रजातान्त्रिक आन्दोलनमा बिशेष योगदान पुर्‍याउने नेताहरूकाे बारेमा अध्ययन गर्ने थलोकाे रूपमा विकास गर्नुपर्नेमा जाेड दिनुभयाे ।

सन्त नेता स्व कृष्णप्रसाद भट्टराई फाउन्डेसनका अध्यक्ष पुरूषाेत्तम बस्यालकाे सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १३ का अध्यक्ष नारायण सिं पुन, फाउन्डेसनकी सचिव जानका पाैडेल लगायतले भवन निर्माणकाे आवश्यकता र औचित्यबारे प्रकाश पार्नुभएकाे थियाे ।
एक कराेड ९७ लाखकाे डिपिआर तयार भएको भवनको हाललाई बुटवल उपमहानगरपालिकाकाे ३० लाख र प्रतिष्ठानकाे ३ लाख २९ हजार ७६३ रूपया ६२ पैसाकाे लागतमा निर्माण हुन लागेको प्रतिष्ठानका अध्यक्ष बस्यालले जानकारी दिनुभयाे ।