संघीय सरकार र प्रदेश सरकार विचका साझा अधिकारका सूची कार्यान्वयनमा जोड दिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय ऐन बनाउन र प्रहरी समायोजन गर्न संघीय सरकारसंग आग्रह गर्नुभएको छ ।
लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री आचार्यले साझा अधिकारका सूचीको कार्यान्वयन नहुँदा प्रदेश सरकारको कार्यसम्पादनमा समस्या भएको बताउनु भएको हो । कार्यक्रममा आउनु भएका गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै उहाँले प्रहरी समायोजनको लागि पनि आग्रह गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले संघीयता र संविधानको अक्षरश कार्यान्वयन गर्न आग्रह गर्दै संघीय नीजामती कर्मचारी ऐन नबनेका कारण प्रदेशमा बनेको नीजामती ऐन कार्यान्वयन गर्न कठिन भएको बताउनु भयो । त्यस्तै संघीय शिक्षा ऐन बन्न सकेको छैन, त्यस्तै त्यसले प्रदेशमा पनि बनाउन नसकिएको बताउँदै साझा अधिकारसंग सम्बन्धित ऐनहरु चाडो बनाईदिन आग्रह गर्नुभएको हो ।