काँग्रेस नेता पाठकको निधन

1.3K

काँग्रेस नेता पाठकको निधन

नेपाली काँग्रेसका नेता रुपन्देहीको मणिग्राम निवासी रोमणीप्रसाद पाठकको निधन भएको छ । उहाँको शुक्रबार बिहान ६९ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय, पार्टीको महासमिति सदस्य समेत रहनु भएका पाठक पछिल्लो समय क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
२०१२ साल पुस २३ गते जन्मिनु भएका पाठक पार्टी राजनीतिसंगै समाजसेवामा पनि रहनुभएको थियो । उहाँ मणिग्राम स्थित सरस्वती संस्कृत क्याम्पसको संस्थापक अध्यक्ष, राममणी क्याम्पको अध्यक्ष, शान्ति नमुना माध्यमिक विद्यालयको पूर्वअध्यक्ष तथा सल्लाहकार समितिको संयोजक, मोक्षधाम सेवा आश्रमको अध्यक्ष, पाठक समाजको केन्द्रीय अध्यक्ष पदमा रहनु भएको थियो ।
स्वर्गीय पाठकका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । नेता पाठकको निधनपछि उहाँको निवासमा काँग्रेसका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुको भिड लागेको छ । उहाँको पार्थिव शरीरलाई आजै तिनाउ घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गीय नेता पाठकको पार्थिव शरीरमा केन्द्रीय सदस्यहरु पूर्वसांसद भरतकुमार शाह, प्रदेश सभा सदस्य सदस्य अब्दुल रज्जाक, नेपाली काँग्रेस जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, काँग्रेसका बुटवल नगर सभापति तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय लगायतका नेताहरुले पार्टीको झण्डा ओढाउनु भएको थियो ।