पुर्वी नेपालका केही स्थानमा वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातकाे सम्भावना

1.3K

पुर्वी नेपालका केही स्थानमा वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातकाे सम्भावना

पूर्वी नेपालका केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) मौसम आंसिक बदली रही कोशी प्रदेशको हिमाली क्षेत्रकाे एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा  हिमाली क्षेत्रमा एक-दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने सम्भावना छ । महाशाखाका अनुसार आज बिहान तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।