गुल्मीको रिपुरे खोलामा मोटरेवल पुल शिलान्यास

1.3K

गुल्मीको रिपुरे खोलामा मोटरेवल पुल शिलान्यास

गुल्मीको मदाने गाउँपालिका वडा नं. ४ र ५ लाई जोड्ने रिपुरे खोलामा मोटरेवल पुल शिलान्यास गरिएको छ । उक्त पुलको आईतबार गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुवँरले शिलान्यास गर्नुभएको हो ।
पुलको शिलान्यास कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिक पन्थी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
२०८३ सालमा निर्माण सम्पन्न गर्नेगरी पुलको शिलान्यास गरिएपनि निर्माण व्यवसायीले २०८२ मै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको वडा अध्यक्ष सन्तोष केसीले जानकारी गराउनु भयो ।