बुटवल सुनचाँदी ब्यवसायी संघको चौथो र पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले गकुल विश्वकर्माको नेतृत्वमा सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको १७ सदस्यीय कार्यसमितिको उपाध्यक्ष कृष्णबहादुर सुनार, सचिव चुरामणी वि.क (दिपक ), कोषाध्यक्ष दलबहादुर वि.क.(राजु), स–सचिव इन्द्रबहादुर वि.क.(मनोज ), सह–कोषाध्यक्ष सरोज गहतराज रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा दिलिप विश्वकर्मा, हरि गहतराज, अमृत बेवारे, प्रेम विश्वकर्मा(हुकुम), बलबहादुर वि.क, विजुला विश्वकर्मा, निमा खड्का, रामबहादुर रसाइली, लक्षमण लोहनी र शेरबहादुर विश्वकर्मा रहनु भएको निर्वाचन अधिकृत गोमती सुनारले बताउनु भयो ।
यस अघि संघको अधिवेशनको उद्घाटन नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष रसाइलीले सुनचादी व्यवसायीलाई सरकारबाट सहयोग प्राप्त नभएको बताउदै व्यवसायिक एकता बलियो भएमात्र आफ्नो अधिकार प्राप्त हुने हुदा सुनचाँदी व्यवसायीहरु अब नयाँ तरिकाबाट अघि बढन जरुरी रहेको भनाई राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश सभापति चन्द्र किशोर गौतम, लुम्बिनी प्रदेश सभापति धुर्व कुमार गहतराज, केन्द्रीय सदस्यहरु चेत नारायण विश्वकर्मा, दिपक कुमार स्वर्णकार, राजेन्द्र सुनार, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य यमबहादुर सुनार, निवर्तमान केन्द्रीय सदस्य एमबि विश्वकर्मा लगायतले भनाई राख्नुभएको थियो ।
कार्यक्रम संघका अध्यक्ष गकुल विश्वकर्माको अध्यक्षता, सचिव चुरामणी बिकको सञ्चालन तथा सहसचिव कृष्ण सुनारको स्वागतमा कार्यक्रम भएको थियो ।