गर्गगोत्री आचार्य समाज रुपन्देहीकाे संयाेजकमा अर्जुनप्रसाद आचार्य

1.3K

गर्गगोत्री आचार्य समाज रुपन्देहीकाे संयाेजकमा अर्जुनप्रसाद आचार्य

गर्गगोत्री आचार्य समाज रुपन्देहीकाे सम्पन्न भेलाले तदर्थ समिति गठन गर्दै अर्जुनप्रसाद आचार्यलाई तदर्थ समितिकाे संयाेजक चयन गरिएकाे छ । गर्गगोत्री आचार्य  एवं बन्धु मिलन कार्यक्रमकाे आयाेजना गरि तदर्थ समिति गठन गरिएकाे हाे ।
नेपालको विभिन्न जिल्लाबाट बसाईसरी रूपन्देहीमा बसाेबास गरेका गर्गगोत्री आचार्यहरूकाे समन्वयको लागि ९ सदस्यीय तदर्थ समिति गठन गरिएकाे गठित समितिका संयाेजक अर्जुनप्रसाद आचार्यले जानकारी गराउनु भयाे ।
गठित समितिकाे सह-संयोजकमा उमा आचार्य र सदस्यहरुमा कपिला आचार्य, बालकृष्ण आचार्य, लिला आचार्य, मोदनाथ आचार्य, ज्ञानेन्द्र आचार्य, लक्ष्मण आचार्य र सुन्दर आचार्यलाई चयन गरिएकाे छ । त्यसैगरी सल्लाहकारमा कपिल आचार्य र गोपालप्रसाद आचार्यलाई चयन गरिएकाे छ ।
शनिबार तिलाेत्तमाकाे ड्राईचरटाेलमा भएकाे भेलामा समाजका पूर्व उपाध्यक्ष गोकर्ण आचार्यले केन्द्रीय समितिको आगामी साधारणसभा तथा महाधिवेशनको विषयमा जानकारी गराउनु भयाे ।
भेलामा समाजका केन्द्रीय सदस्यहरु नारायण आचार्य, सल्लाहकार राजेन्द्र आचार्य, दुर्गाप्रसाद आचार्य केन्द्रीय समिती सदस्य नगेन्द्र आचार्य, चिरञ्जीवी आचार्य, फनिनारायण आचार्य, बालकृष्ण आचार्य, गोपाल आचार्य, कपिल आचार्य, पाल्पा जिल्ला कमिटीका अध्यक्ष विष्णु आचार्य लागायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।
गर्गगोत्री आचार्य  एवं बन्धु मिलन कार्यक्रम बिष्णुकुमार आचार्यको अध्यक्षमा भएकाे थियाे । भेलामा बाेल्ने वक्ताहरुले गर्गगोत्री आचार्यहरूको उत्पत्ति, इतिहास, वंशावली, आजीवन सदस्यता, भूमिदान, हालसम्म भएका कार्यहरू, आगामी महाधिवेशन लगायतका विषयमा जानकारी गराउनु भएकाे थियाे ।