नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पसकाे सभापतिमा सिद्धार्थ श्रेष्ठलाई चयन गरिएकाे छ । नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पसको मंगलबार सम्पन्न १२ औं अधिवेशनले श्रेष्ठकाे नेतृत्वमा सर्वसम्मत ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।
नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पसका उपसभापति ओमहरि आचार्यको सभापतित्व सम्पन्न अधिवेशनमा नेविसंघ केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय सदस्य अशाेक गौतम, रुपन्देहीका काेषाध्यक्ष राेषन थापा, क्याम्पस समितिका उप-सभापति ऋषि पन्थी लगायतकाे सहभागिता रहेकाे थियाे ।
