सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल सम्बन्धि विधेयक सुधार होस्

1.3K

सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल सम्बन्धि विधेयक सुधार होस्

सामाजिक सञ्जालको प्रयोग मर्यादित, व्यवस्थित र सुरक्षित गर्न नियमन गर्ने कानुन आवश्यक भएपनि सामाजिक सञ्जाल प्रयोगलाई नै निरुसाहित गर्ने गरी सामाजिक सञ्जाल सम्बन्धि विधेयक ल्याएको भन्दै त्यसलाई हुबहु पारित नगर्न सुझाव दिईएको छ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा त्यस्तो सुझाव दिईएको हो । कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको सामाजिक सञ्जाल सम्बन्धि बिधेयक हुबहु पारित गरिए समाज आन्दोलनमा जाने चेतावनी दिनुभयो ।
संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरित सामाजिक सञ्जाल सम्बन्धि बिधेयक ल्याईएको दावी गर्दै उहाँले सामाजिक सञ्जालको आवस्यकता, महत्व र उपयोगिता बढ्दै गएका बेला त्यसको प्रयोगलाई निरुत्साहित गर्नेगरी आएको र हुवहु पारित भए आन्दोलनमा जानुको विकल्प नरहेको भनाई राख्नुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पनि सामाजिक सञ्जालको प्रयोग मर्यादित, व्यवस्थित र सुरक्षित गर्न नियमन गर्ने कानुन आवश्यक भएपनि कानुनमा व्यवहारिक कुराहरुलाई पनि सम्बोधन गर्नुपर्ने भनाई राखेका थिए ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीले उक्त विधेयकका बारेमा समाजको अवधारणा प्रस्तुत गर्दै सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने नाममा नियन्त्रण गर्न खोजिएको बताउँदै नियन्त्रणमुखी कतिपय कुराहरु सुधार गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता युवराज गिरी, ज्योती भण्डारी, माओवादी केन्द्रका महेन्द्र भुसाल, नेकपाका शरद ओली, नेपाल मजदुर किसान पार्टीका सुन्दर बासी, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, बुटवल वडा नं. ८ का अध्यक्ष यज्ञ पंगेनी लगायतले सामाजिक सञ्जाललाई नियमन आवश्यक भएपनि राष्ट्रिय सभामा पेस भएको विधेयक नियन्त्रणमुखी रहेकाले त्यसलाई सुधार गरेमा मात्रै पारित गर्नुपर्ने भनाई राख्नुभएको थियो ।
कार्यक्रम उपसभापति कृष्ण पाण्डेको धन्यवाद, सचिव लिलाधर लुईटेलको सञ्चाल तथा सदस्य सीता पौडेलको सञ्चालनमा भएको थियो ।