मदानेका अध्यक्ष कुवँरद्वारा स्वर्गीय थापाको काजकिरियाका लागि आर्थिक सहयोग

1.3K

मदानेका अध्यक्ष कुवँरद्वारा स्वर्गीय थापाको काजकिरियाका लागि आर्थिक सहयोग

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले वडा नं. ६ का स्वर्गीय गोविन्द थापाको परिवारलाई काजकिरियाका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
गाउँपालिकाको वडा नं. ६ घ्यूपानी भकारेका ७२ वर्षीय थापाको निधन भएपछि उनको काजकिरियाका लागि १० हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
स्वर्गीय थापाका श्रीमती २ छोरा र ३ छोरी छन् । अति विपन्न यो परिवारको कुनै प्रकारको आयस्रोत पनि नरहेको र बस्ने घरबास समेत नरहेकाले केही भएपनि राहतको लागि आर्थिक सहयोग गरिएको अध्यक्ष कुवँरले जानकारी गराउनु भयो । अध्यक्ष कुवँरले पालिकाबाट प्राप्त गर्ने सुविधा वापतको रकमबाट सो परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका अध्यक्ष कुवँरले पालिकाबाट पाउने सुविधा वापतको रकम सिधै पार्टीको खातामा जाने व्यवस्था मिलाउनु भएको छ भने त्यसरी आएको रकम पार्टीको निर्णयमा खर्चगर्ने गरिएको उहाँले बताउनु भयो ।