सैनामैना दुधराक्ष कप राष्ट्रिय भलिबल : फाईनलमा आर्मी र पुलिस भिड्दै

1.3K

सैनामैना दुधराक्ष कप राष्ट्रिय भलिबल : फाईनलमा आर्मी र पुलिस भिड्दै

सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्बल र नेपाल पुलिस क्लब आज फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।
आर्मीले पहिलो सेमिफाइनलमा मणीमुकुन्द भलिबल क्लवलाई राेक्दै फाईनलकाे यात्रा तय गरेकाे हाे भने पुलिसले दाेस्राे सेमिफाईनलमा गण्डकी प्रदेश भलिबल क्लवलाई राेक्दै फाईनलमा पुगेकाे हाे ।
प्रतियोगिताको बिजेतालाई ५ लाख ५५ हजार ५५५ रुपैया नगद पुरस्कार सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३ लाख ३३ हजार ३३३, तृतीय हुनेलाई १ लाख ११ हजार १११ र सान्त्वना हुनेलाई ५५ हजार ५५५ रुपैँया नगद पुरस्कार सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई १५ हजार ५५५, स्पाईकर, डिफेन्डरलाई, ब्लकर, सेटर र प्रशिक्षकलाई जनही ७ हजार ७७७ रुपैँया नगद पुरस्कार प्रदान गरिने आयाेजक दुधराक्ष क्लवले जनाएकाे छ ।