पहाडी भू-भागमा हल्का वर्षा र हिमाली भू-भागमा हिमपातकाे सम्भावना

1.3K

पहाडी भू-भागमा हल्का वर्षा र हिमाली भू-भागमा हिमपातकाे सम्भावना

देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै तराईका थाेरै स्थानहरुमा हुस्सु लागेकाे छ ।
माैषम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
त्यसका प्रभावका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेकाे छ ।  बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएकाे छ।