विश्व बजारमा सवारी क्षेत्रमा राम्रो नाम कमाएको टाटा मोटर्स कम्पनीका नयाँ तीन मोडलका ईभि गाडि बुटवलमा लञ्च गरिएको छ । टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी मार्फत यस क्षेत्रको डिर्लस सफल अटो ईन्टरनेश्नलले टाटाका नयाँ ईभि गाडि कर्भ ईभि, नेक्सन के ३ ईभि र टियागो ईभि बुटवलमा लञ्च गरेको हो ।
बुटवलको कालिकानगरमा रहेको सफल अटो ईन्टरनेश्नलमा आईतबार एक कार्यक्रमका बिच बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्तिप्रसाद अधिकारीले सार्वजनिक गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले विश्व बजारमा राम्रो पहिचान बनाएको टाटाले उपभोक्ताको माग र चाहनालाई मध्यनजर गरि समय अनुसारको ईभि गाडि ल्याएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बुटवल बजार सवारीको हबका रुपमा विकास भईरहेको बताउँदै आवश्यकता पुर्ति गर्न टाटाको अहम भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिप्रदीका जिएम सावन्तजंग सिजापतिले रुपन्देही बजारमा टाटाको सवारीको खपतमा पहिलो नम्बरमा रहेको भन्दै यही हिसाबबाट पनि रुपन्देही बजारलाई विशेष प्राथमिकतामा राख्दै आएको बताउनु भयो । सवारी बिक्रि पछिको सेवामा आफुहरु विशेष चासो दिएर आधुनिक र उपयोगी, सुविधा सम्पन्न वर्कसप सुभारम्भ गरि सेवा दिने तयारीमा रहेको जानकारी गराउनु भयो । बुटवल शोरुममा आईतबार र सोमबार दुई दिनसम्म कार बुकिङ गर्ने उपभोक्तालाई एक वर्षलाई ईन्सुरेन्स कम्पनीबाट ब्यहोर्ने र चार्जिङ समेत आजिवन निशुल्क गर्ने भएको छ ।
कार्यक्रममा नेपालका लागि टाटाका कन्ट्रि म्यानेजर प्रसन्न रंगनाथानले अटो मोबाईल्स क्षेत्रमा टाटाको उत्पादन नेपाली बजारमा राम्रो खपत रहेको बताउनु भयो । टाटाको ग्राहकबाट प्राप्त हुने प्रतिक्रिया आफुहरुलाई सबैभन्दा धेरै उपयोगी हुने भन्दै यसको आधारमा नया र मोडिफाई सवारीहरु बजारमा ल्याउदै गरेको उहाँले बताउनु भयो ।
कार्यक्रममा सिप्रदी सेल्स चिफ म्यानेजर निर्मल खत्री तीन वटै नया कारका विशेषताहरु प्रकाश पार्नुभयो । उहाँका अनुसार एडभान्स डिजाईनमा रहेको लक्जरियस र प्रिमियम वुफे डिजाईन यो पहिलो हो । १८ ईन्चको टायर, १३ ईन्चको टच स्क्रिन, जेभिएलको ९ स्पिकर जडान, लगेज पर्याप्त राख्न मिल्ने प्रविधियुक्त रहेको छ । २१ वटा ईन्टेलिजेन्स फिचर, ६ वटा एयर ब्याग, ७० वाटको ब्याट्री चार्ज, पाच वटा कलर अप्सन रहेको छ । कारको २६ लाख देखि ५७ लाख रुपैयासम्मको बजार मूल्य रहेको छ ।
यसैगरि अघिल्लो वर्ष लन्च भएको टिआगोको नया स्वरुप, फिचरमा नया मोडेल बजारमा ल्याएको छ । उपभोक्ताको फिडब्याकको आधारमा नया स्वरुपमा ल्याईएको उहाँले बताउनु भयो । २०१८ मा पेट्रोल भर्जनमा बजारमा आएको नेक्सन २०२१ मा नेक्सन ईभी गर्दै बजारको माग अनुसार अहिले नया नेक्सन के थ्रि गेम चेन्जरका रुपमा बजारमा ल्याईएको हो । टाटाको नया डिजिटल डिजाईनका रुप, ग्राउण्ड क्लियरेन्स, सुरक्षा सिस्टम, नया टेक्नोलोजीसहितको साउण्ड सिस्टम, म्याप, सुचना दिने डिस्प्ले,६ वटा कलर अप्सन लगायत रहेको छ ।
कार्यक्रममा सफल अटोका सञ्चालक दिनेश शर्माले सिप्रदीसंगको सहकार्यमा यस क्षेत्रमा चारपाग्रेका सबै खोले सवारी र सेवालाई ध्यान दिने बताउनु भयो । उहाँले बुटवलको बाटो सुहाउँदो प्रिमियम र धेरै रेन्ज भएको गाडीहरु लञ्च भएको हुँदा ग्राहकहरुको रोजाइमा पर्ने विश्वास व्यक्त गर्नुभयो । सिप्रदी सिनियर म्यानेजर डिलर सेल्स मेघराज ढुंगेल, सफल अटोका अध्यक्ष भावध्वज ढुंगाना, शोरुम म्यानेजर सन्दिप पोखरेलले सवारीको बारेमा जानकारी दिनुभएको थियो ।