राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको छ । राजावादीहरुले राजसंस्था पुनःस्थापनाका लागि नवराज सुवेदीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा अस्मिता भण्डारी, कमल थापा, केबरबहादुर विष्ट, दुर्गा प्रसाई, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, राजेन्द्र लिङ्देन, हरिबहादुर बस्नेत र सदस्य सचिवमा रविन्द्र मिश्रलाई प्रस्ताव गरिएको छ ।
यद्यपी केशरबहादुर विष्टले आफू उक्त समितिमा नरहने बताउनु भएको छ । संवैधानिक राजसंस्थाको पुनःस्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका माग उनीहरूको छ ।