प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा नवराज कुवँर निर्वाचित हुनु भएको छ । संघको शनिबार बुटवलमा सम्पन्न साधारण सभा तथा प्रथम अधिवेशनले कुवँरको नेतृत्वमा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल रहनु भएको छ । त्यसैगरी सचिव पदमा अनलाईन मिडियाबाट दीपक घिमिरे, पत्रपत्रिकाबाट विनोद पौडेल तथा रेडियो टेलिभिजनबाट आशिष गुप्ता निर्वाचित हुनु भएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा जगदिश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम र चन्द्रकान्त न्यौपाने निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक अधिवक्ता महेन्द्र पाण्डेले जानकारी गराउनु भयो । संस्थाको विधान अनुसार कार्यसमिति सदस्यमा निर्वाचित भएकाहरुबाट पदाधिकारी चयन गरिएको हो । नवनिर्वाचन कार्यसमितिको पहिलो बैठकले रिया बस्नेत र सिद्धार्थ पाण्डेलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष सुक्रऋषि चौलागाई, डा. बालकृष्ण चापागाई र देवी वाग्लेलाई सल्लाहकारमा चयन गरिएको महासचिव माधव नेपालले जानकारी गराउनु भयो ।