गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष कुवँरद्वारा काजकिरियाका लागि आर्थिक सहयोग

1.3K

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष कुवँरद्वारा काजकिरियाका लागि आर्थिक सहयोग

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले गरिव तथा विपन्न दुई जनाको काजकिरियाको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । गाउँपालिका अध्यक्ष कुवँरले वडा नं. १ अग्लुङ कोलचौरका स्वर्गीय बोमबहादुर सामतककी श्रीमती स्वर्गीय फूर्सी सामत र वडा नं. ७ टिमुरखर्कका स्वर्गीय भुनबहादुर बोहोराको काजकिरियाको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
आर्थिक अभावका कारण काजकिरिया समेत गर्न नसक्ने अवस्थाका वडा नं. १ अगलुङका स्वर्गीय फूर्सी सामतको काजकिरियाको लागि १२ हजार रुपैंया र भूनबहादुरको काजकिरियाका लागि १० हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका अध्यक्ष कुवँरले पालिकाबाट आफूले पाउने सुविधा वापतको रकम सिधै पार्टीको खातामा आउने व्यवस्था मिलाउनु भएको छ भने त्यसरी आएको रकम पार्टीको निर्णयमा खर्चगर्ने गरिएको उहाँले बताउनु भयो । सोही अनुसार उक्त रकम प्रदान गरिएको हो ।