नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अध्यक्षमा अयुव अलि खान विजयी

1.3K

नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अध्यक्षमा अयुव अलि खान विजयी

नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अध्यक्षमा अयुब अलि खान निर्वाचित हुनु भएको छ । संघको बिहिबार सम्पन्न १३ औं केन्द्रीय अधिवेशनबाट खान केन्द्रीय अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अध्यक्षमा निर्वाचित खानले ४७ मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रत्यासी विजयी यादवले २७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी गराएको छ । संघको केन्द्रीय अधिवेशनमा देशभरबाट ८२ जना केन्द्रीय प्रतिनीधि थिए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रेवतीप्रसाद सुवेदी, खुला उपाध्यक्षमा भुषण अधिकारी, उपाध्यक्षमा छनोद पौडेल, महिला उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित हुनु भएको छ । त्यसैगरी महासचिव पदमा नरबहादुर विष्ट, सचिवमा झरना दहाल र कोषाध्यक्ष सन्तोष आचार्य निर्वाचित हुनु भएको छ ।