नेकपा एमालेले भोली शुक्रबार बुटवलमा जागरण सभा आयोजना गरेको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने जागरण सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बिहिबार एमालेले बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
व्यवस्थालाई नै चुनौती दिएर प्रतिक्रियावादी (राजावादी) सलवलाउन लागेकाले त्यसका विरुद्ध जागरण सभा आयोजना गरिएको लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले बताउनु भयो ।
जागरण सभामा रुपन्देही जिल्लाका सबै स्थानीय तहबाट पार्टीका कार्यकर्ता उतार्नेगरी तयारी गरिएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताउनु भयो । उहाँका अनुसार दिउँसो १२ बजे हुने जागरण सभाका लागि त्यस अगाडि ५ हजार मोटर साईकल र ५ सय गाडी सहितको ¥याली प्रदर्शन गरिने छ ।