पूर्वपश्चिम राजमार्गको निर्माणाधिन बुटवल–नारायणगढ सडक अन्तरगत दाउन्ने खण्डमा गाडिको चाप बढ्न नदिन पश्चिम जाने ट्रकलाई गैडाकोट र पूर्वजाने ट्रकलाई बर्दघाटमा रोकिएको छ ।
एकसातादेखि अवरुद्ध दाउन्ने सडक खण्डमा गाडीको चाप बढ्न नदिन पूर्वबाट पश्चिम जाने गाडीलाई दाउन्नेदेखि ६० किलोमिटर पूर्व गैंडाकोट र पश्चिमबाट पूर्वतर्फ जाने गाडिलाई दाउन्ने पश्चिम बर्दघाटमा राएिको हो ।
उकालो र ओरालो दाउन्ने सडकमा ग्राभेल राखेर यातायात सुचारु गराउनका लागि दाउन्नेमा लामा गाडि र ट्रक जान राकिएको सडक आयोजना पूर्वी खण्डकी प्रमुख अनुच्छा घिमिरेले बताउनु भएको छ । उहाँका अनुसार ७ किलोमिटरका लागि ५ सय टिप्पर ग्राभेल आवश्यक पर्छ । सोमबार बिहान सम्म ५० टिप्पर ग्राभेल राखिएको छ । अव ३ दिन भित्र ग्राभेल राख्ने काम सकेर सडक सुचार हुन सक्ने उहाँले बताउनु भयो ।
त्यसैगरी दुम्कीबासको विनयी खोलाको फलामे पुल गत २६ पुसमा भाँचिएपछि त्यसको उत्तरतर्फबाट डाईभर्सन निर्माण गरेर यातायात सुचार गरिएपनि नदिले पटक पटक डाईभर्सन बगाएको छ । यता पक्किपुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । यो पुल असार अन्तिमबाट सञ्चालनमा आउने आयोजना प्रमुख घिमिरेले बताउनु भयो । यो पुल सञ्चालनमा नआउँदासम्म डाईभर्सनकै भर पर्नुपर्नेछ ।