लुम्बिनीमा जसपा नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

1.3K

लुम्बिनीमा जसपा नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे हाे ।
‘सरकार असफल भयाे, बजेटमा सुशासन र समावेशिता पनि भएन, औचित्य सकिएपछि समर्थन फिर्ता लिईएकाे हाे’ साे पार्टीकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बताउनु भएकाे छ ।
नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएको काफ्ले बताउनु भयाे ।
८७ सदस्यीय प्रदेश सभामा जसपा नेपालबाट काफ्ले मात्रै एकजना सांसद हुनुहुन्छ ।