निर्वाचन आयाेगले उपनिर्वाचनकाे मिति आगामी कात्तिक १७ गतेलाई ताेकेकाे छ । निर्वाचन आयाेगकाे याे निर्णयसंगै रुपन्देहीको क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ मा उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उपनिर्वाचनको मिति तय भएको जानकारी दिनुभयाे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ मा निधन भएपछि उक्त क्षेत्र खाली छ । त्यस्तै मनाङ २ ख बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङ्गे जेल परेपछि उक्त निर्वाचन क्षेत्र पनि खाली छ ।