बुटवलमा ‘बीपी स्मृति साहित्य साँझ’को तयारी गरिएको छ । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा यहि साउन ६ गते ‘बीपी स्मृति साहित्य साँझ’ गर्न लागिएको नेपाली कांग्रेस क्षेत्र नं. २ रुपन्देहीका सभापति प्रजापाल गिरीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार साहित्यिक साँझमा बीपी कोइरालाको व्यक्तित्व, लोकतान्त्रिक आन्दोलन र समाजवादी विचारमा आधारित कविता, गजल, मुक्तक लगायतका साहित्यिक सिर्जनाहरू प्रस्तुत गरिनेछ । इच्छुक साहित्य अनुरागीहरूलाई आफ्नो रचना लिएर कार्यक्रममा सहभागी हुन क्षेत्रीय समितिले आह्वान गरेको छ ।
यहि साउन ६ गते मंगलबार दिउँसो ३ बजेदेखि बुटवलको मिलनचोक स्थिल दीयालो फूडल्याण्डमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन चाहनेले साउन ४ गतेभित्र नाम दर्ता गराइसक्नु पर्ने उहाँले बताउनु भयो ।