लामो समयको प्रतिपक्षा पछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी नेपालका प्रधामन्त्री ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आएको हो ।
यहि भदौ ३१ गते भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने प्रधानमन्त्री सहितको नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट असोज १ गते नेपाल फर्किनेछ । दुईपक्षीय सम्बन्धलाई बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरुलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरुलाई अघि बढाउनेतर्फ भ्रमण केन्द्रित हुने बुझिएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण अघि गृहसचिव स्तरीय दुईपक्षीय सीमा व्यवस्थापन समूहको दिल्लीमा बस्नेछ । त्यसका लागि नेपालको तर्फबाट तयारी सुरु गरिसकिएको छ । यस अघि ओली प्रधानमन्त्री रहँदा प्रधामन्त्री ओलीकै अग्रसरतामा नेपालले संविधान नै संशोधन गरेर लिम्पियाधुरा लिपुलेखको नक्सा उल्लेख गरेको छ । त्यसप्रति भारत नेपालका प्रधामन्त्री ओलीप्रति असन्तुष्ट छ ।
त्यसैगरी भारतीय प्रधामन्त्री नरेन्द्र मोदी पनि कात्तिममा नेपाल आउने समझदारी भएको छ । यस अंगाडी प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि दिएको निमन्त्रणा भारतले स्वीकार गरेको थिएन । यसपल्ट भने आगामी कात्तिक पहिलो हप्ता मोदी काठमाडौं नभई नेपालको कुनै धार्मिक पर्यटकीय वा व्यापारिक महत्वको ठाउँमा आउन सक्ने सम्भावना रहेको बुझिएको छ ।