रुपन्देही–३ को उपनिर्वाचन कार्यतालिका स्वीकृत : असोज ११ मा मनोदयन दर्ता

1.3K

रुपन्देही–३ को उपनिर्वाचन कार्यतालिका स्वीकृत : असोज ११ मा मनोदयन दर्ता

आगामी कात्तिक १७ गते हुने प्रतिनीधि सभा सदस्यका पदमा रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार असोज ११ गते बिहान १० बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ ।
निर्वाचन आयोगका अनुसार असोज ११ गते विहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेद्वारको मनोनयन दर्ता गरिनेछ भने त्यसैदिन साँझ ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने छ ।
त्यसैगरी उम्मेद्वार उपर दावी बिरोधका लागि असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कात्तिक २३ गते बेलुका ५ बजेभित्र मनोनयन र उजुरी उपर जाँचबुझ तथा छानविन गरि निर्णय लिईने आयोगले जनाएको छ ।
त्यसैदिन अर्थात असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्ममा उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ । असोजको २४ गते १० देखि १ बजेसम्ममा उम्मेद्वारी फिर्ता लिन सकिनेछ भने त्यसैदिन १ देखि ३ बजे भित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । त्यसैदिन बेलुका ६ बजेसम्म उम्मेद्वारलाई निर्वाचन निन्ह प्रदान गरिनेछ भने कात्तिक १७ गते बिहान ७ बजेदेखि बुलुका ५ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ ।