सहकारीको बचत हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याउन प्रतिवद्ध छौं : नगरप्रमुख खाण

1.3K

सहकारीको बचत हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याउन प्रतिवद्ध छौं : नगरप्रमुख खाण

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले सहकारी संस्थामा बचतकर्ताको बचत हिनामिना तथा अपचलन गर्नेलाई कानुनी दायरामा ल्याउन आफू प्रतिवद्ध रहेको प्रष्ट पार्नुभएको छ । उहाँले केही मिडियामा आफ्ना विरुद्ध एकपक्षिय रुपमा तथ्यहिन समाचार आईरहेको बताउँदै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।
नगरप्रमुख खाणले एक विज्ञप्ती प्रकाशित गरी पछिल्लो समयमा सहकारी संस्थाहरुमा अनियमितता तथा बचत अपचलनका घटनाले सहकारी संस्थाप्रति जनमानसको विश्वास टुट्दै गएको पनि बताउनु भएको छ । नेपाली अर्थतन्त्रको महत्वपूर्ण पक्षको रूपमा रहेको सहकारी क्षेत्रमा नागरिकको विश्वास अभिवृद्धि गराउनका लागि तिलोत्तमा नगरपालिका क्षेत्र भित्रका सहकारी संस्थालाई थप व्यवस्थित, पारदर्शी एवम् सदस्यहरूको साझा हितमा क्रियाशील गराउनका लागि नगरपालिकाले आवश्यक नियमन गर्दै आएको पनि प्रष्ट पार्नुभएको छ ।
‘अनियमितता तथा बचत अपचलन भएका सहकारी संस्थाका बचतकर्ताको बचत रकम फिर्ता गराई न्याय प्रदान गर्न र सहकारीको रकम हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याई आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने कार्यमा आवश्यक भूमिका निर्वाह गर्न तिलोत्तमा नगरपालिका प्रतिवद्ध रहेको छ’, विज्ञप्तीमा भनिएको छ ।
उहाँले सहकारी संस्थामा बचत जम्मा गरेका सबै बचतकर्ताको रकम फिर्ता हुनुपर्छ भन्ने मान्यताका साथ नगर प्रमुखका हैसियतले आफ्नो तर्फबाट आवश्यक पहल समेत गर्दै आइरहेको प्रष्ट पार्नुभएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित प्रदेश स्तरको डिङ्गनगर दूरगामी बहुउद्देशीय सहकारी संस्थाको रकम हिनामिना गर्नेलाई आफूले संरक्षण गरेको भन्ने समाचारका विषयमा नगरप्रमुख खाँणले प्रष्ट्याउँदै आम पाठकको विश्वास योग्य विषयबस्तु पस्किन पनि आग्रह गर्नुभएको छ ।