मनसुनी रेखा नेपालमा : धेरै भारी वर्षाकाे सम्भावना

1.3K

मनसुनी  रेखा नेपालमा : धेरै भारी वर्षाकाे सम्भावना

आज देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाकाे सम्भावना देखिएकाे छ । माैषम विज्ञान विभाग, माैषम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकाे हाे ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा रहेकाे पनि महाशाखाले जनाएकाे छ । जसका करण आज दिउँसो देशभर अधिकांश बदली रहनेछ ।
कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राती देशभर अधिकांश बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।